Saathi: Press Statement

Impacters releases Saathi, Nepal's first AI edge solution to alleviate farming issues of the Nepali farmers.

Date: 27.03.2022

Kathmandu. Impacters announced today the completion of Saathi, the first AI solution in Nepal that removes the reliance on the internet to help the Nepali farmers understand problems during farming and identify possible solutions.

Impacters, an initiative by Women Development Society (WODES), unites 16 female tech leaders under the supervision of Ms. Lachana Hada and funding by NMB Bank Limited to conceptualize this AI solution.

Despite being a country driven by its agricultural sector, Nepal has been suffering from negative growth in food crop production due to a culmination of drastic climate change, degradation of soil and a lack of information among the farmers. The lack of information about the importance of data-driven farming and the lack of access to resources and infrastructures to get information about the state of their farm means farmers are left unable to keep up with the changing environmental and agricultural factors.

Saathi is an innovation designed to empower the farmers by reducing the need to seek and wait for consultation. It provides simplified real time advice throughout the planting process, from choosing which crops to plant, to monitoring their health.

Saathi contains both hardware and its software counterpart to assemble an inexpensive, non-intrusive and easy-to-use system. The hardware device contains a prototype that is able to perform complicated analysis within the device without the need for an internet connection, is self powered, is easy to set up and is rugged to withstand difficult environments. The standalone sensor unit, powered by solar energy, is meant to go into the farm and continuously collects data from the soil with the help of sensors. At the moment, it is capable of collecting 7 different parameters: salinity, temperature, moisture, Nitrogen (N), Phosphorus (P), Potassium (K) and pH.

This collected data is auto synced to a processing unit as soon as the sensor unit and processing unit are in close proximity. This processing unit, which can simply be a laptop or a mobile phone the farmer already has, contains a simple software that can process the data collected from the sensor unit, analyze it and present it in an easily understandable way, all without an internet connection. Apart from this inter-unit data exchange, the Saathi devices themselves can share encrypted data with each other using a peer-to-peer network. This ingenious decentralized protocol allows Saathi devices to share data without a centralized cloud infrastructure. This independence from the cloud infrastructure means even the farmers in the remote area of Nepal can hook into the system and benefit from it.

Although there is no plan to make the hardware available commercially yet, Impacters has announced the release of an app Saathi that uses machine learning to detect the soil texture, compactness and colour from an image of the soil and the deficiency of N, P, K and the diseases using an image of the leaf. The app is currently available on android and will soon be released for iOS.

Instead of focusing on making a profit from the sale of the product, Impacters intends Saathi to instead kickstart research in the field of agriculture and to serve as the basis for further scientific research, especially at the intersection of machine learning and agriculture.

Developed in a short span of 10 months, Saathi has so far been tested in the farms in Satungal and Pharping.

Impacters, lead by Ms. Hada, aims to start a movement that encourages youths to innovate in the field of Science, Technology, Engineering and Mathematics (STEM) by creating opportunities for them to gain tangible experience in STEM, rather than solely practising advocacy for the importance of STEM spaces and providing theoretical trainings. Saathi project is their latest project where they try to bring together Computer Science, especially Machine Learning and Artificial Intelligence, Electrical Engineering and Agricultural Science to create the first wireless AI solution in Nepal to help Nepali farmers adopt data-driven farming with ease.


साथी: प्रेस विज्ञप्ति

सूचना प्रविधिमार्फत कृषि व्यवसायलाई सहज बनाउने डिभाइस सार्वजनिक
कतिपय कृषि समस्या समाधानका लागि नेपालमै पहिलोपटक एआईमा आधारित सफ्टवेयर निर्माण

मिति: २०७८।१२।१३

काठमाडौँ । नेपालका किसानहरूले खेतीपातीका क्रममा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इण्टेलिजेन्स – एआई) को प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउने नेपालकै पहिलो एआईमा आधारित डिभाइस ‘साथी’ आज यहाँ सार्वजनिक गरिएको छ ।

महिला विकास समाज (विमेन डेभेलप्मेण्ट सोसाइटी – वोडेस) अन्तर्गत सक्रिय महिला प्राविधिज्ञहरूको समूह ‘इम्प्याक्टर्स’ ले सूचना प्रविधिविज्ञ लचना हाडाको सुपरिवेक्षणमा र एनएमबि बैंक लिमिटेडको सहायतामा उक्त डिभाइस तयार गरेको हो ।

परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारण दिन प्रतिदिन ओह्रालो लाग्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्नमा तथा सामान्य किसानलाई पनि सूचना प्रविधिको लाभ उपलब्ध गराउनमा एआईको यो नवीनतम प्रयोग उपयोगी हुने विश्वास गरिएको छ ।

कम्प्यूटर विज्ञान, विशेषगरी मशिन लर्निब र एआई, इलेक्ट्रिकल इञ्जिनियरिब र कृषि विज्ञानको सहायताबाट निर्माण गरिएको ‘साथी’ डिभाइसले नेपाली किसानलाई आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने तथा परीक्षणको नतिजा पाउन लामो समय कुर्नुपर्ने बाध्यता अन्त्य गर्दै स्थलगत रूपमै तत्कालै त्यससम्बन्धी जानकारी प्रदान गर्दछ ।

यस डिभाइसको प्रयोगबाट खेतको माटोको गुणस्तर पहिचान गर्न सकिने भएकोले कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने छनोट गर्न किसानलाई सक्षम बनाउँछ । यसले बालीनालीको स्वास्थ्य सुपरिवेक्षण गर्न पनि सहयोग गर्ने हुँदा समयमै उपयुक्त उपचारका लागि पहल गर्न पनि सजग गराउँदछ । हाल एण्ड्रोइडमा उपलब्ध यस एप छिट्टै आईओएसमा पनि उपलब्ध गराइनेछ ।

कम खर्चमा सजिलै जडान तथा प्रयोग गर्न सकिने ‘साथी’ डिभाइस हार्डवेयर र सफ्टवेयरसहित तयार गरिएको छ । कृषिसम्बन्धी जटिल विश्लेषण गर्नसक्ने सेन्सरसहितको प्रोटोटाइपले माटो तथा बालीनालीसम्बन्धी तथ्याङ्क सङ्कलन गर्दछ । ल्यापटप वा मोबाइलमा राखिने ‘साथी’को सफ्टवेयरले उक्त तथ्याङ्कलाई विश्लेषण गरी माटोको लवणता, तापक्रम, आर्द्रता, नाइट्रोजन, फोस्फरस, पोटासियम र अम्लताको अवस्थाबारे जानकारी प्रदान गर्दछ । यसैगरी उक्त सफ्टवेयरले बालीनालीमा लाग्ने २६ किसिमका रोगको पहिचान पनि गर्न सक्दछ । हाल यस डिभाइसले धान, गहुँ, केरा, गोलभेँडा, आलु, जुट तथा कफिलगायत २३ किसिमका बालीमा लागेको रोग पत्ता लगाउन सक्दछ । यस प्रविधि सञ्चालनका लागि इन्टरनेट वा क्लाउड पूर्वाधार पनि नचाहिने हुनाले दुर्गम क्षेत्रका किसानले पनि यसलाई सजिलै प्रयोग गर्न सक्छन् ।

यस डिभाइसको व्यावसायिक उत्पादन गरेर नाफा कमाउनेभन्दा पनि यसलाई कृषि अनुसन्धानका लागि निःशुल्क प्रदान गरेर कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोगसम्बन्धी थप वैज्ञानिक अनुसन्धान कार्यलाई सघाउने उद्देश्य इम्प्याक्टर्सले लिएको छ ।

नेपालमा कृषि प्रयोगशाला सीमित सब्ख्यामा मात्र भएका कारण तिनीहरूको सेवा प्राप्त गर्न टाढा टाढा धाउनुपर्ने बाध्यता अधिकांश किसानहरूको छ । यसैगरी परीक्षणको रिपोर्टका लागि लामो समय कुर्नुपर्ने बाध्यता पनि उनीहरूको छ । यसरी आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य अवस्थाबारे वैज्ञानिक जानकारी प्राप्त गर्ने सुविधामा सहज पहुँच नभएका किसानलाई खेतबारीमै ती जानकारी उपलब्ध गराउने यस डिभाइसको प्रयोगबाट माटो अनुसारको बाली लगाई अधिकतम उत्पादन गर्न, बालीनालीमा लाग्ने रोगको समयमै निदान गर्न सजिलो बनाउने मात्र नभई कृषि व्यवसायलाई आकर्षक र प्रतिफलमूलक बनाउनमा पनि योगदान दिने विश्वास गरिएको छ ।

दश महिनाको छोटो समयमै तयार गरिएको एआईमा आधारित यस डिभाइसको सफल परीक्षण काठमाडौँको सतुङ्गल र फर्पिङ्गमा गरिसकिएको छ । उक्त परीक्षणका क्रममा किसानहरूबाट उत्साहवद्र्धक प्रतिक्रिया प्राप्त भएको छ ।

सूचना तथा प्रविधिविज्ञ लचना हाडाको नेतृत्वमा रहेको ‘इम्प्याक्टर्स’ समूह युवा वर्गलाई विज्ञान, प्रविधि, इञ्जिनियरिब र गणित क्षेत्र (STEM) मा प्रयोगात्मक रूपमा संलग्न हुन प्रोत्साहित गर्दै सूचना प्रविधिमा आधारित नवीनतम समाधानहरू विकास गर्नमा अग्रसर रहँदै आएको छ । कृषि क्षेत्रको समस्या पहिचानका लागि तयार गरिएको ‘साथी’ डिभाइस निर्माण टोलीमा १६ जना महिला विज्ञको संलग्ता रहेको थियो ।


Media coverage: